वित्तीय समानीकरण अनुदान कटौती गरेको भन्दै अर्थ मन्त्रालयमा विरोध प्रदर्शन

वित्तीय समानीकरण अनुदान कटौती गरेको भन्दै अर्थ मन्त्रालयमा विरोध प्रदर्शन

काठमाडौं एक्सप्रेस

काठमाडौं, – केन्द्र सरकारले वित्तीय समानीकरण अनुदान कटौती गरेको भन्दै देशभरिका स्थानीय तहका प्रतिनिधिले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा विरोध प्रदर्शन गरेका छन् ।

चालु आर्थिक वर्ष २०८०/८१ को अन्तिम किस्ताबापत वित्तीय समानीकरण अनुदान २५ प्रतिशत कटौती गर्ने केन्द्र सरकारको निर्णयविरुद्ध स्थानीय तहका प्रतिनिधिले विरोध प्रदर्शन गरेका हुन् ।

अर्थ मन्त्रालयले भने राजस्व कम उठेको र स्रोतको दबाबका कारण वित्तीय समानीकरण अनुदान कटौती गरेको जनाएको थियो ।

सात दिनभित्र आफूहरूको माग सम्बोधन नभए ७५३ वटै स्थानीय तह बन्द गरेर सिंहदरबार आउने चेतावनी नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहेका धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाले दिए ।

Logo