निर्वाचित भएको दुई सातामै एमाले सुनसरी अध्यक्ष निलम खनालको निधन

निर्वाचित भएको दुई सातामै एमाले सुनसरी अध्यक्ष निलम खनालको निधन

काठमाडौं एक्सप्रेस

काठमाडौं– नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ ।

लामो समयदेखि प्याक्रियाज सम्बन्धीको बिरामी रहेका खनालको उपचारका लागि भारतको हैदराबाद लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको एमाले केन्द्रीय प्रचार विभागका सदस्य लिलाराज भट्टराईले जानकारी दिए ।

एमाले सुनसरी जिल्लाको आठौँ जिल्ला अधिवेशनबाट गएको जेठ १० गते खनाल अध्यक्षमा निर्वाचित भएका थिए । उनले नेता खेमराज पोखरेललाई ९६ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

Logo