महालक्ष्मी नगरपालिकाले जडान गर्‍यो आधुनिक शैलीको ट्राफिक बत्ती

महालक्ष्मी नगरपालिकाले जडान गर्‍यो आधुनिक शैलीको ट्राफिक बत्ती

काठमाडौं एक्सप्रेस

ललितपुर, – ललितपुरको महालक्ष्मी नगरपाकिलो जेब्राक्रसिङमा बाटो काट्न आधुनिक शैलीको ट्राफिक बत्ती जडान गरेको छ । सो सडकमा ट्राफिक चाप बढ्दै गएको अवस्थामा नगरपालिकाले पैदल यात्रीको सहजका लागि जेब्राक्रसिङमा ट्राफिक बत्ती जडान गरेको हो ।

पैदल यात्रीहरुले आफैँ बटन थिचेर बाटो काट्ने ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम विहिबारदेखि सञ्चालनमा आएको छ । बिहिबार एक कार्यक्रमाकाबीच कृष्ण मन्दीर चोकको जेब्राक्रसिङमा राखिएको बत्ती बटन थिचेर प्रतिनिधिसभा सदस्य प्रेम बहादुर महर्जन र नगरप्रमुख हरिगोविन्द क्षेष्ठले संयसक्त उद्घाटन गरेका हुन् ।

महालक्ष्मी नगरपालिका नगरप्रमुख श्रेष्ठले सडक दुर्घटा न्यूनिकरण गर्न र जेब्राक्रसिङमा बाटो काट्न सहजका लागि आधुनिक शैलीको बत्ती जडान गरिएको बताए । महालक्ष्मीको ग्वार्कुदेखि लामाटारसम्म सडक दुर्घटन व्यहोर्नुपरेको छ उनले भने, त्यसको रोकथाम नगरपालिकाले गर्नुपर्ने जिम्मेवारी छ । त्यसैले सडक दुर्घटनालाई न्यूनिकरण गर्न मुख्य सडकको तीन स्थानमा यस प्रकारका लाइट जडान गरिएको जानकारी दिए ।

उनले भने, ‘जहाँजहाँ बाटो काट्ने यात्रुहरूको भिडभाड हुन्छ, त्यहाँ हामीले यस प्रकारको लाइट जडान गरेका छौ’ । यसले गर्दा सडक दुर्घटना हुन र पैदल यात्रीहरुलाई जेब्राक्रसिङमा बाटो काट्न सहयोग पुग्ने विश्वास व्याक्त गरे ।

आधुनिक शैलीको ट्राफिक बत्ती जडान गर्नेमा महालक्ष्मी नगरपाकिला देशकै तेस्रो नगरपालिकाको रुपमा रहेको प्रतिनिधि सभा सदस्य प्रेम महर्जनले बताए । त्यस्तै उपत्यकामो दोस्रो नगरपालिका रहेको उनले बताए ।

यस महालक्ष्मी नगरपालिकाले जुनखालको उदारणीय कार्यको सुरु गरेको छ, उनले भने, त्यो अत्यन्तै महत्वपूर्ण कार्य रहेको मलाई विश्वास छ । अत्यन्तै व्यस्त यो सहर, दिनानु दिन सडक दर्घटना हुने भईरहेका छन् त्यसको न्युनिकरण आवश्यक छ ।
ट्राफिक बत्ती जडान गरेर यहाँका जनसमुदायलाई बाटो काट्न व्यवस्थित र ज्यान सुरक्षीत हुनेगरि नगरपालिकाले एक महत्वपूण काम गरेको उनले बताए ।

उनले भने, एउटा सानो–सानो गल्तीले मानिस मृत्युको मुखमा पुग्नुपर्ने हुन्छ । मानिसको ज्याननै जानेगरि हुने सडक दुर्घटनालाई न्यूनिकरण गर्नु अत्यआवश्यक रहेको सांसद महर्जनको भनाई थियो ।

सडक दुर्घटनाबाट धेरैको अकालमै ज्यान गएको छ । त्यसलाई न्यनिकरण गर्न ट्राफिक वत्तिको अत्यन्तै आवश्यक हन्छ, उनले भने, धेरैको ज्यान गएको अवस्था छ, त्यस कारण ट्राफिक व्यवस्थापन र ट्राफिकको अनुसाशनलाई हामिले पालना गर्न नागरिकले पनि त्यत्तिकै ध्यान दिनुपर्ने जुरुरी हुन्छ ।

महालक्ष्मी नगरपालिकाको मुख्य सडक ग्वार्कु–लामपाटा अन्तरगत पर्ने सडकको तीन स्थानमा जेब्राक्रसिङमा बाटो काट्न आधुनिक शैलीको ट्राफिक बत्ती जडान गरिएको नगरपालिका ई. मनिष सुवेधीले जानकारी दिए । नगरपालिकाको वाहुनधारा चोक, सानोगाँउ चोक र कृष्ण मन्दीर चोकमा सो वत्ति जडान गरिएको उनले बताए । सो बत्ति जडान गर्न २६ लाख ५० हजार लागत खर्च भएको छ ।

लाइटको बटन थिच्दा सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्छ । एक पटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र उक्त समय सकिएको दुई मिनेटसम्म पुनः बटन थिच्दा बत्ती नबल्ने सिस्टम सेट गरिएको ई सुवेधीले जानकारी दिए । रातो बत्ती बलेपछि सवारीसाधन रोकिन्छन् र यात्रुले बाटो काट्छन् ।

कार्यक्रमा नगर उपप्रमुख लक्ष्मी महर्जनले स्वागत गरेकि थिईन । सो कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सातदोबाटो, ट्राफिक प्रहरी प्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागिता हरेको थियो ।

Logo