केन्द्रीय कमिटी र आयोगका सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने

केन्द्रीय कमिटी र आयोगका सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने

काठमाडौं एक्सप्रेस

काठमाडौं, – एकीकृत समाजवादीले केन्द्रीय कमिटी र आयोगका सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरेको छ।

बुधबार बसेको सचिवालय बैठकले यसअघि गरेको व्यवस्था उल्ट्याउँदै केन्द्रीय कमिटी र आयोगका सदस्य आ–आफ्ना क्षेत्रबाट चुनिएर आउनुनपर्ने व्यवस्था गरेको हो ।

यसअघि विधान अधिवेशनमा केन्द्रीय अध्यक्षदेखि सदस्यसम्म तलैबाट चुनिएर महाधिवेशन प्रतिनिधि आउने निर्णय भएको थियो ।

‘त्यसो गर्दा व्यवस्थापन हुन कठिन हुने भएकाले यसअघि गरेभन्दा फरक व्यवस्था गरिएको छ । अब केन्द्रीय कमिटी र निर्वाचन, लेखा, अनुशासन आयोगका सदस्यहरू पनि स्वतः प्रतिनिधि हुनेछन्,’ प्रवक्ता समेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले भने ।

अहिले एकीकृत समाजवादीमा केन्द्रीय कमिटी र आयोगका सदस्य गरी ४४७ जना छन् । महाधिवेशनका लागि १२५ सदस्य बराबर एक जना प्रतिनिधि निर्वाचित हुने पनि सचिवालय बैठकले निर्णय गरेको छ ।

केन्द्रीय कमिटी, केन्द्रीय आयोग, भूगोल र गैरभौगोलिक कमिटीबाट गरी कूल एक हजार ८७१ जना प्रतिनिधि संख्या हुने खतिवडाले बताए ।

यसैबीच एकीकृत समाजवादीले आगामी असार ५ गते देशभर एकैदिन प्रतिनिधि छनोट गर्दैछ ।

एकीकृत समाजवादीको दसौं राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । अधिवेशनबाट १९९ सदस्यीय कमिटी निर्वाचित गर्ने भनिए पनि संख्या बढ्न सक्ने नेताहरूले बताएका छन् ।

Logo