एमालेको ११ जिल्लामा अधिवेशन गर्न बाँकी

एमालेको ११ जिल्लामा अधिवेशन गर्न बाँकी

काठमाडौं एक्सप्रेस

काठमाडौं, –  नेपाल कम्युनिष्ट पार्टी एमालेको ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ । पार्टीले जेठ मसान्तभित्र सबै जिल्लामा अधिवेशन सक्न निर्देशन दिए पनि ती जिल्लामा अझै अधिवेशन सम्पन्न हुन सकेको छैन ।

एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले निर्धारित समयमा ६६ जिल्लाका अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए ।

‘जेठ महिनाभित्र जिल्ला अधिवेशन सकाउने निर्देशन दिएका थियौं, अधिवेशन गर्न बाँकी जिल्लामा प्रदेश कमिटीको समन्वयमा चाँडै समय तोकिने छ’, उनले भने ।

अध्यक्ष डा सुब्बाका अनुसार कोशी प्रदेशको इलाम, मोरङ र तेह्रथुम, मधेशको सिरहा, सप्तरी र धनुषा, गण्डकीको मनाङ, कर्णालीको डोल्पा र सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी छ ।

सदस्यता वितरण र आन्तरिक विवादका कारण ती जिल्लाको अधिवेशन निर्धारित समयमा हुन नसकेको उनले बताए ।

Logo