कोशी प्रदेशसभा बैठक : मन्त्रीहरूले एकलौटी योजना हालेको भन्दै कांग्रेस र राप्रपाका सांसद उठेर हिँडे

कोशी प्रदेशसभा बैठक : मन्त्रीहरूले एकलौटी योजना हालेको भन्दै कांग्रेस र राप्रपाका सांसद उठेर हिँडे

काठमाडौं एक्सप्रेस

विराटनगर, – कोशी प्रदेशको बजेट किताबमा एकलौटी योजना हालेको भन्दै नेपाली कांग्रेस र राप्रपाले कोशी प्रदेशसभाको बैठकबाट उठेर हिँडेका छन् ।

आर्थिक वर्ष २०८१/८२ को बजेटमा मन्त्रीहरूले एकलौटी तरिकाले योजना हालेको उनीहरूको आरोप छ । आज आर्थिक विधेयकका विषयमा छलफल गर्ने कार्यसूची थियो । बैठक सुरू भएलगत्तै दुवै दलका सांसदहरूले उठेर विरोध जनाए । प्रतिपक्षीको विरोधपछि सभामुख अम्बर बहादुरविष्टले कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङलाई बोल्न दिएका थिए ।

तामाङले नीति तथा कार्यक्रम बनाउँदासमेत आफूहरूसँग छलफल नगरिएको गुनासो थरे । नाराहरू राम्रा भए पनि बजेट एकलौटी भएको उनको टिप्पणी छ ।

रातो किताबमा भएको विनियोजनलाई देख्दा मन कुँडिएको भन्दै उनले बजेट हेर्दा प्रदेशसभा सदस्य समेत भन्न लाज लाग्ने अवस्था आएको बताए ।

राप्रपाका प्रदेशसभा सदस्य सविना बजगाइँले रातो किताबमा ४ भाइको मात्रै योजना हालेको आरोप लगाइन् । उनले मन्त्रीहरूले बजेट आफ्नो पैतृक सम्पत्ति बाँडफाँट गरेको जसरी योजना हालेको भन्दै सभा बहिष्कार गर्ने बताइन् ।

Logo