काठमाडौं– नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले ५१ औं स्थापना दिवसका अवसरमा सात दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
संघले बिहीबारदेखि एक सातासम्म “एनसीडीए विक” घोषणा गरी एक सातासम्म कार्यक्रम तय गरेको काठमाडौं जिल्ला शाखाका महासचिव शुभमान श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमअनुसार बिहीबार अग्रजको सम्मान र मानव सेवा आश्रममा भोजनार्पण सम्पन्न भएको छ ।
असार ७ गते आवर चाइल्ड प्रोटेक्सन फाउण्डेसन, नेपाल धापासीका ६० जना बालबालिकालाई खाद्य सामग्री वितरण, असार ८ गते प्रोसिडियोर तालिम, असार ९ गते तारकेश्वर नगरपालिकामा लागू तथा मनोद्विपक औषधी सम्बन्धि सचेतना कार्यक्रम, असार १० गते रक्तदान कार्यक्रम, असार ११ गते चन्द्रागिरि नगरपालिकामा लागू तथा मनोद्विपक औषधी सम्बन्धि सचेतना कार्यक्रम र असार १२ गते क्षेत्रपाटीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
प्रतिक्रिया