कुलमान घिसिङमाथि पूर्व डिआइजी खरेलले लगाए गम्भीर आरोप

कुलमान घिसिङमाथि पूर्व डिआइजी खरेलले लगाए गम्भीर आरोप

काठमाडौं एक्सप्रेस

काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआइजी तथा हालका टेलिभिजन प्रस्तोता रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएका छन् । आफ्नो टेलिभिजन कार्यक्रममा उनी निकै कडा शब्दहरु प्रयोग गर्दै कुलमानलाई खुंखार भ्रष्टाचारीका रुपमा चित्रण गरेका हुन् ।

खरेल केही समय यता स्पेस फोर के टेलिभिजनमा ‘जनता जनार्दन’ नामको कार्यक्रम सञ्चालन गर्दै आएका छन् । कार्यक्रमको तीन दिन अगाडि प्रसारित एपिसोड कुलमान विरुद्धकेन्द्रीत छ । ‘उज्यालो नेपालका नायक’ को पहिचान बनाएका कुलमानको छविमै आँच आउने गरी खरेलले उनीमाथि हिलो छ्यापेका छन् ।

कुलमानले आफ्नो लोकप्रियताको आडमा ठेक्कापट्टामा सेटिङ गरेर करोडौं कुम्ल्याएकोदेखि विद्युत प्राधिकरणको नक्कली नाफा देखाएर सरकारलाई धोकामा राखेको जस्ता आरोपहरु लगाइएको छ ।

खरेलले कार्यक्रमको सुरुवामै भन्छन्, ‘दर्शकवृन्द, हामीले जुन व्यक्तिबाट सुशासन र समृद्धिको आशा गरेका हुन्छौं, उनीहरु नै भ्रष्ट निस्किए भने हामीमा कुन हदसम्मको निराशा छाउला ?

Logo