बजेट निर्णयार्थ पेस गर्ने क्रममा संसदमा अनिवार्य उपस्थीत हुन सांसदहरुलाई कांग्रेसको निर्देशन

बजेट निर्णयार्थ पेस गर्ने क्रममा संसदमा अनिवार्य उपस्थीत हुन सांसदहरुलाई कांग्रेसको निर्देशन

काठमाडौं एक्सप्रेस

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बजेट निर्णयार्थ पेस गर्ने क्रममा संसदमा अनिवार्य उपस्थीत हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी आर्थिक बर्षको विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने भएकाले असार ९ गतेदेखिको संसद बैठकमा अनिवार्य उपस्थीत हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । बजेटको पक्ष वा विपक्षमा मत दिने भन्ने बारेमा सोहि समयमा निर्णय गर्ने उनको भनाई छ ।

बैठकले देश र जनताको सवालहरुलाई सघन ढंगले उठाउनुपर्ने दायित्व आफुहरुको भएको अवस्थामा सदनको बैठकमा निरन्तर उपस्थीति जनाउन र देश र जनताको सवाल उठान गर्न पनि निर्देशन दिएको उनले बताए ।

Logo