आउँदो बजेटले युवाहरुलाई स्वरोजगार बनाउनेछ : अध्यक्ष मल्ल 

आउँदो बजेटले युवाहरुलाई स्वरोजगार बनाउनेछ : अध्यक्ष मल्ल 

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेपालको संविधान मै कानूनी व्यवस्था छ, असारभित्र अथवा १० गतेभित्र निती तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ । त्यहि व्यवस्थालाई आधार मानेर हामिले पनि आसार १० गते निती तथा कार्यक्रम र बजेट ल्याउँदै छाँै । प्रतिनिधिहरुको निरन्तर छलफलपछि हामी यो तयारीमा छौँ ।

नीती तथा कार्यक्रम र बजेटको सन्दर्भमा भन्नुपर्दा जनताको अवश्यकता अनुसार ल्याउछौँ । मेरो गाउँपालिका राज्यबाट धेरै टाढा छ । त्यसैमा भौगोलिक विकटता र दुर्गम छ । राम्रो आन्तरिक स्रोत पनि छैन । संघ र प्रदेशबाट गएको बजेट पुग्दैन । त्यसैले हामिलाई विकास गर्न धेरै चुनौती छ । हामीले चुनावको बेला बोलेको केहि कुराहरु पनि पुरा गर्न सकिरहेको अबस्था छैन ।

मेरो गत कार्यकालमा केहि महत्वपूर्ण कार्यक्रमको सुरुवात गरेको छु । ती कार्यक्रमलाई पनि निरन्तरता दिँदै २०८१÷०८२ को निती तथा कार्यक्रम र बजेट प्रस्तुत गर्छौ । मँ गाउँपालिको अध्यक्ष निर्वाचित हुँदैगर्दा मेरो गाउँपालिकामा सडक त के, राम्रो गोरेटो बाटोसम्म पनि थिएन ।  गाउँपालिका दुर्गम भएकाले र बजेटको अभावले हामीले अझै पनि पुरा गर्न सकिरहेका छैनौँ ।  हाम्रो विगत देखिनै कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटनलाई प्राथमिकता दिँदै आएका छाँै । पहिले हिमाली गाउँपाकिामा स्वास्थ्य क्षेत्र निकै कमजोर थियो ।

शिक्षामा भन्ने हो भनेपनि त्यस्तै कमजोर थियो । कोदो, धान, गहुँ दिएर शिक्षक पाल्ने अवस्था थियो । अहिले त्यसको अन्त्य गरेका छौँ । किन भने यी कुरालाई निरन्तरता दिन आवश्यक छ । यदि यी कुराहरुलाई छोडियो भने विकास निर्माणमा अवरोध हुने देखिन्छ । कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटनलाई अन्तिम चरणसम्म निरनतरता दिन जरुरी छ । त्यसैले क्रमागत रुपमा अगाडी बढेको यी कार्यक्रमलाई निरन्तरता दिन्छौँ ।

यी कुराहरुलाई निरन्तरता दिँदै आगामी वर्षको बजेट विगतका वर्षको भन्दा केहि फरक ढङ्गले ल्याउँछौँ । आउँदो बजेटले त्यहाँका स्थानीय युवाहरुलाई स्वरोजगार बनाउने छ ।  हामी त्यहि अनुसार नीती तथा कार्यक्रम र बजेट बनाएका छौँ । हामिले धेरै गर्न सकिन्छ भन्ने छैन ।

संघीय र प्रदेश सरकारले गर्न सकिरहेको छैन् । तर स्थानीय सरकारबाट गर्न सकिने जे जति छ गरिहेका छौँ  । २०८१÷८२ को नीती तथा कार्यक्रम स्थानीय युवालाई विदेश जानबाट कसरी रोक्न सकिन्छ ? स्वरोजगार कसरी बनाउन सकिन्छ त ? त्यसैलाई लक्षित गरेर नीति ल्याउँछाँै ।

मेरो पहिलो कार्यकाल मै एक महत्वपूर्ण कार्याक्रम ल्याएका थियौँ ।  त्यो हो खाद्य सुरक्षाका लागि वृक्षारोपण कार्यक्रम । गाउँपालिको अध्यक्ष भएको पाँच वर्षमा र यो दुई वर्षमा ५० हजार फलफुलका बोटहरु रोप्न लगाएका छौँ । प्रत्येक व्यक्ति चार बोट २० केजी चामल भन्ने नीति नै बनाएर काम गरेका छौँ । एक वर्षमा एक विरुवा संरक्षण गरेवापत पाँच केजी चामल दिँदै आएका छौँ । पहिले मेरो गाउँपालिकामा बिजुली बत्ति पुगेको थिएन । म निर्वाचित भएपछि गाउँपालिका मै बिजुली बत्ति पुगेको छ ।

अन्य वडाहरुमा सोलार वितरण गरेपनि उज्यालो गाउँपालिका बनाउन सकिरहेका छौँ । त्यसैगरी गाउँपाकिाको केन्द्रमै बिजुली बत्ति भएपनि हामिले सित भण्डारण (कोल्डस्टोर) बनाएका छौँ । स्थानीय स्तरमै उत्पादन फलफुल, तरकारीलाई भण्डारण गरेर अब त्यसलाई बजारीकरण गर्ने पहल गरिरहेका छौँ ।

हामिले गाउँपालिकाको बजेटलाई अब कृषिमा लगानी गरेर युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने बाटोमा छौँ । स्थानीय उत्पादनलाई प्रशोधन गरी गाउँपालिकाले बजारीकरण गरेर केहि युवालाई रोजगार पाउने छौँ ।  अबको बजेटलाई कृषिमा लगानी गछौँ । युवाहरुलाई स्वरोजगार बनाउँछौँ । र आत्मनिर्भर बनाउने बाटोमा जान्छौँ ।

परिचय

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र महादुर मल्ल हिमाली गाउँपालिकाको प्रथम अध्यक्ष हुन् , उनले २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित अध्यक्ष २०७९ साको निर्वाचनमा पनि निवाचित भएका हुन् । २०४६ सालमा स्याथी शिक्षक पेशा छाडेर राजनीतिमा होमिएका मल्ल अहिले सो गाउँपालिकाको दोस्रो कार्यकाल समाल्दै समालेका छन् ।

नेपाली कांग्रेस पार्टीमा आबद्ध उनी हिमाली गाउँपालिकालाई देशकै नमूना गाउँपालिका बनाउने उद्देश्यले लागि परेका छन् । चालु आर्थिक वर्ष, आगामी नीति तथा कार्यक्रम र बजेट र समग्र गाउँपालिकाको विकासको सम्वन्धमा अध्यक्ष मल्लसँग गरिएको कुराकानी जस्ताकोतस्तै ।

Logo