कोशीका मुख्यमन्त्री हिक्मत कार्कीबिरुद्ध परेको रिट खारेज

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीबिरुद्ध परेको रिट खारेज

काठमाडौं एक्सप्रेस

काठमाडौँ – कोशी प्रदेशमा सरकार गठन विवादसम्बन्धमा पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट मंगलबार खारेज भएको छ। सर्वोच्चले कार्कीको रिट खारेज गरेसँगै कोशीमा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले वैधानिकता पाएको छ।

जेठ ३१ गतेदेखि पटक पटक गरी चार दिन न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेद र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ हुँदै आएको रिटमा मंगलबार दुवैतर्फको बहस सकिएपछि रिट खारेजीको आदेश आएको हो।

केन्द्रमा गठबन्धन फेरिसँगै संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री भएका केदारलाई हटाएर एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो।

माओवादीले समर्थन फिर्ता लिएको एक महिनाअर्थात् वैशाख २६ गतेभित्र केदारले प्रदेशसभाबाट विश्वासको मत लिने सुरसार नगरेपछि संकल्प प्रस्तावमार्फत उनले विश्वास गुमाएको प्रमाणित गरिएको थियो। त्यसैको आधारमा मुख्यमन्त्री पर्शुराम खापुङले केदारलाई पदमुक्त गरेर हिक्मतलाई मुख्यमन्त्री नियुक्त गरेपछि विवाद सर्वोच्च पुगेको थियो।

Logo