मन्त्रिपरिषद् समावेशी भएन : सांसद यादव

मन्त्रिपरिषद् समावेशी भएन : सांसद यादव

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले मन्त्रिपरिषद् समावेशी बनाउन नसकेको भन्दै नेतृत्वको आलोचना गरेकी छन् ।

सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले २०१५ सालको सरकार समावेशी रहेको स्मरण गरिन् ।

‘२०१५ सालमा वीपी कोइरालाले समावेशी सरकार बनाउनुभएको थियो । तर अहिलेको यो सरकार समावेशी छैन । नेतृत्व समावेशी बनाउन चुक्नुभएको छ,’ उनले भनिन् ।

Logo