सिंहदरबारमा बोलाईयो आकस्मिक मन्त्रिपरिषद्को बैठक

सिंहदरबारमा बोलाईयो आकस्मिक मन्त्रिपरिषद्को बैठक

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछिको परिस्थितिबारे छलफल र आगामी कदमबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले क्याविनेटको आकस्मिक बैठक डाकेका हुन् ।

मन्त्रिपरिषदको बैठकमा दुर्घटना र छानबिनबारे निर्णय हुने पर्यटनमन्त्री बद्री पाण्डेले बताए ।

प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र मन्त्री पाण्डे साथै सरोकारवाला अधिकारीले दुर्घटनास्थलको निरीक्षण गरेर अवस्थाको जानकारी लिएका थिए ।

Logo