नेपालीपनको समाजवादको कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष नेपाल

नेपालीपनको समाजवादको कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं एक्सप्रेस

काठमाडौँ, – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले सुरु गरेको आन्दोलनमा आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा पुष्पलालको जन्म शताब्दीका अवसर आयोजित कार्यक्रममा उनले नेपाली जनतालाई राजनीतिक अधिकार तथा देशलाई समृद्ध बनाउन पुष्पलालले जीवनको अन्तिम घडीसम्म गरेको सङ्घर्षको यात्रा अविस्मरणीय रहेको बताए ।

नेपाली समाजको चरित्र अझै पनि अर्धसमान्तवादी रहेको बताउँदै अध्यक्ष नेपालले यसको अन्त्यका लागि नेपालीपनको समाजवादको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

Logo