काठमाडौं – प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे र्निाय गर्न संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । उनीमाथिको सुनुवाइ सकिइसकेकाले आज अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय हुने छ ।
समितिको बैठक आज बिहान साढे ११ बजे बोलाइएको छ ।
२ असारमा संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा एक महिलाले आफूलाई प्रधानले यौन शोषण गरेको उजुरी दिएकी थिइन् ।
त्यसपछि सुनुवाइ समितिले उजुरीकर्तासँग र प्रधानसँग पनि यस विषयमा छलफल गरेको थियो । ९ साउनमा प्रधानसँग छलफल गरेपछि सुनुवाइ समिति बैठक स्थगित गरिएको थियो ।
यसबीचमा प्रधानको अनुमोदनका विषयमा प्रमुख दलका सांसदहरुले आफ्नो शीर्ष नेतासँग छलफल गरेका छन् ।
अब आजको बैठकले उनको अनुमोदन गर्ने कि नगर्ने भनेर निर्णय गर्ने सम्भावना रहेको समितिकी सहसचिव निर्मलादेवी लामिछाने (वस्ती)ले बताइन् । ‘आजको बैठक एउटा टुंगोमा पुग्ला,’ उनले भनिन् ।
प्रतिक्रिया