कोशी ब्यारेजका ४१ ढोका खोलिए

कोशी ब्यारेजका ४१ ढोका खोलिए

काठमाडौं एक्सप्रेस

राजविराज, २२ असारः सप्तकोशी ब्यारेजमा पानीको बहाव सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी ब्यारेजमा बढेको पानीको बहाव । सप्तकोशीमा आज साँझ पानीको बहाव मापन गर्दा तीन लाख तीन हजार ८६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सुरक्षाकर्मीले जनाएको छ । तस्बिरः अरुणकुमार यादव÷रासस

सुनसरी, – सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

Logo