एमालेको सचिवालय बैठक आज बस्दै

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र सरकारबारे छलफल हुनेछ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी भएको छ ।

सो विषयमा पनि बैठकमा छलफल हुनेछ ।

Logo