संसदीय समितिले भोलि सहकारी पीडितहरूसँग छलफल गर्ने

संसदीय समितिले भोलि सहकारी पीडितहरूसँग छलफल गर्ने

काठमाडौं एक्सप्रेस

काठमाडौं, – सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय समितिले भोलि, बुधबार पीडितहरूसँग छलफल गर्ने भएको छ ।

समितिका सभापति सूर्य थापाका अनुसार संघर्ष समिति र व्यक्तिगत पनि प्रतिनिधिमूलक रूपमा बोलाइएको छ । पीडितहरूको गुनासो सुन्न भोलिको बैठकमा सञ्चारकर्मीहरूलाई समेत प्रवेश दिइने उनले बताए ।

Logo