महालक्ष्मीका पाँच सामुदायिक विद्यालयहरुमा बालमैत्री शैक्षिक तथा खेल सामग्री उपहार वितरण

महालक्ष्मीका पाँच सामुदायिक विद्यालयहरुमा बालमैत्री शैक्षिक तथा खेल सामग्री उपहार वितरण

काठमाडौं एक्सप्रेस

ललितपुर, – महालक्ष्मी नगरपालिका भित्रका पाँच सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुलाई बालमैत्री शैक्षिक तथा खेल सामग्री उपहार वितरण गरिएको छ । नगरपालिकाको समन्वय तथा सहकार्य र कार्नेट नेपाल सी.सी परियोजना, ललितपुरको आर्थिक सहयोगमा २४ र २५ गते वितरण गरिएको हो ।

नगर प्रमुख हरिगोविन्द्र श्रेष्ठ र शिक्षा निर्देशक चिरञ्जीवी पौडेलले २४ गते श्रृङ्गेरी माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई वितरण गरेर उद्घाटन गरिएको थियो ।

बाल मैत्री शैक्षिक तथा खेल सामग्रीहरु उपहार पाउदा विद्यार्थीहरु धेरै खुशी छाएको शिक्षा निर्देशक चिरञ्जीवी पौडेलले बताए । उनले भने, यसले विद्यालयमा विद्यार्थीहरु उपस्थिति, निरन्तरता र शिक्षण सिकाइ क्रियाकलापमा समेत टेवा पुग्ने देखिन्छ ।

सामुदायिक विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुका लागि सो सामग्री उपहार वितरण गरिएको परियोजनाका प्रतिनिधि प्रेमबहादुर महर्जन जानकारी दिए । विगत बर्षहरुदेखिनै कार्नेट नेपाल सी.सी परियोजना विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गर्दै आएको थियो, उनले भने, गत वर्ष छुटेका पाँच विद्यालयका विद्यार्थीहरुलाई यस वर्ष वितरण वरिएका छौँ ।

उनका अनु्सार विगतमा छुटेका विद्यालयहरु महेन्द्रग्राम मावि टिकाथली, श्रृङ्गेरी मावि सिस्नेरी, भानोदय आधारभुत विद्यालय सिध्दिपुर, नारयण आधारभुत विद्यालय चाँगाथली र सुर्यदय आधारभुत विद्यालय इमाडोलका विद्यार्थीहरुलाई वितरण गिएको छ ।

कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष कपिल केसी, वडा न ७ का वडा अध्यक्ष बाबुराजा महर्जन, वडा न ८ का वडा अध्यक्ष विश्वराज श्रेष्ठ, ९ का वडा अध्यक्ष जयकृष्ण बोगटी, कार्नेट नेपालका निर्देशक सञ्जय लिम्बु, र सँस्थाका अन्य पदाधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, प्रअ तथा शिक्षकहरुको सहभागिता रहेका थियो ।

Logo