चितवन, – गैँडाकोटको थुम्सी नजिकै हिजो शनिबार भेटिएको दुई शवमध्ये अर्को शवको पनि पहिचान भएको छ । अर्को शव सिमलताल दुर्घटनामा नै परेर बेपत्ता भएका चितवनका विकास परियारको भएको पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रवक्ता डिएसपी वेदबहादुर पौडेलका अनुसार मृतक विकासका दाई विजय परियारले आफ्नो भाइ भएको पुष्टि गरेका हुन्
उनको घर माडी नगरपालिका वडा नं। १ रहेको प्रहरीले जनाएको छ । वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको एन्जल लेखेको बागमती प्रदेश०३–००६ख १५१६ नं। बसमा विकासले यात्रा गरेका थिए । एञ्जल यातायातको यात्रु यसअघि भेटिएको थिएन ।
गैँडाकोटमा शनिबारनै भेटिएको अर्को शव सर्लाहीका १९ वर्षका रमित कुशर माझी रहेको यसअघिनै सनाखत भइसकेको छ । योसँगै अहिलेसम्म ३ जनाको शव भेटिएर पहिचान भएको छ ।
भने आज बिहानैदेखि खोजी तथा उद्धार कार्य सुरु भएको छ । शुक्रबार सिमलतालमा लेदोसहित आएको पहिरोले बगाउँदा दुईवटा बस र बसका यात्रु बेपत्ता भएका थिए ।
प्रतिक्रिया