‘हामी अहिले बलियो प्रतिपक्ष भएर बस्छौँ, सरकारमा जाने भन्ने कुरा परिस्थितिले निर्माण गर्छ : अध्यक्ष लिङ्देन

‘हामी अहिले बलियो प्रतिपक्ष भएर बस्छौँ, सरकारमा जाने भन्ने कुरा परिस्थितिले निर्माण गर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं एक्सप्रेस

काठमाडौं, – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जाने÷नजाने भन्ने विषय परिस्थितिले निर्माण गर्ने विषय भएको बताएका छन् ।

पार्टीका ७७ वटै जिल्ला अध्यक्ष भेलालाई सम्बोधन गर्दै अहिले पार्टी बलियो प्रतिपक्ष भएर बस्ने बताए ।

उनले भने, ‘हामी अहिले बलियो प्रतिपक्ष भएर बस्छौँ, सरकारमा जाने भन्ने कुरा परिस्थितिले निर्माण गर्ने हो । हाम्रो चाहनाले पनि बन्दैन । हाम्रो गणित र राष्ट्रिय राजनीतिमा सरकारमा रहँदा के महत्त्व हुन्छ नहुँदा के हुन्छ भन्ने पार्टीले विश्लेषण गरेर गर्छ, व्यक्तिगत चाहनाले होइन। सरकारमा पनि आवश्यकता अनुसार सहभागी हुन्छौ ठिक लागेन भने बाहिरिन्छौँ ।’

उनले कोशी प्रदेशमा सभामुख लिने आफ्ना चाहना नहुँदा नहुँदै पनि लिइएको बताए ।

उनले भने, ‘प्रदेश सरकारमा सहभागी भएको विषयलाई पनि विभिन्न जोडेर टीकाटिप्पणी भयो, हामीले सभामुख लिएपछि, कोशी प्रदेशमा म पनि लिनुहुन्न भन्ने पक्षमै थिएँ, हामीले प्रदेश र स्थानीय तहको निर्वाचनमा पनि रणनीतिक रूपमा भाग लिएका हौँ ।’

उनले यो संविधानलाई पूर्ण रूपमा नमानेकाले संशोधनको पक्षमा रहेको बताए ।

Logo