वामपन्थीलाई लोकतान्त्रिकीकरण गर्न पुष्पलालको योगदान महत्वपूर्ण : राष्ट्रपति पौडेल

वामपन्थीलाई लोकतान्त्रिकीकरण गर्न पुष्पलालको योगदान महत्वपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौं एक्सप्रेस

काठमाडौँ, – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली वामपन्थीलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलाल श्रेष्ठको महत्वपूर्ण योगदान रहेको बताएका छन् । पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८० समर्पण समारोहलाई आज राष्ट्रपति कार्यालय शीतलनिवासमा सम्बोधन गर्दै उनले पुष्पलाल नेपाली राजनीतिका एक मूर्धन्य, प्रतिभाशाली, इमान्दार र स्वप्नशील नेता भएको धारणा राखे ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले पु¥याएको योगदानको स्मरण गर्दै राष्ट्रपति पौडेलले भने, “पुष्पलालले हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तरविरोध र सङ्कट समाधान हुनसक्छन् भन्ने ठान्नु आफैँमा त्यो समयको कम्युनिष्ट आन्दोलनका लागि महत्वपूर्ण प्रस्ताव थियो र त्यसले नेपाली वामपन्थीलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक मार्ग प्रसस्त ग¥यो । यसका लागि पुष्पलालको ठूलो योगदान छ भन्ने मलाई लाग्छ ।” नेता मदन भण्डारी र पुष्पलालले कम्युनिष्टलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न भूमिका खेल्नुभएको उनले उल्लेख गरे ।

राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र उत्पादन सम्बन्धको गहिरो विश्लेषण तथा समाजका अन्तरविरोधलाई सुविचारित ढङ्गले अभिलेखन गर्न योगदान गर्नुभएको बताए । उनले पुष्पलाल असल नेता, लेखक र चिन्तक भएको स्मरण गर्नुभयो ।

देशमा लोकतन्त्र स्थापना गर्नका लागि पञ्चायतइतरका शक्ति मिलेर सङ्घर्ष गर्नपर्छ भन्ने पुष्पलालको विचारका कारण २०४६ सालमा कांग्रेस र वाम मोर्चा मिलेर बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्न सम्भव भएको उनको भनाइ थियो ।

Logo