विकास निर्माण तीव्र गतिमा भइरहेको छ : मेयर बालेन

विकास निर्माण तीव्र गतिमा भइरहेको छ : मेयर बालेन

काठमाडौं एक्सप्रेस

काठमाडौँ, – काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले विकास निर्माणका काम तीव्र गतिमा भइरहेको बताएका छन् । आज महानगरअन्तर्गत रहेको वडा नम्बर ८ को नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै प्रमुख शाहले विकास निर्माणका कार्य समयावधिमै सम्पन्न हुने बताए ।

“जसरी यहाँ भवनको मुहार फेरिएको छ, त्यसरी नै यो वार्डकै मुहार फेरिनेमा विश्वस्त छु । पशुपति क्षेत्र आफैँमा सम्पदाको क्षेत्र भएकाले यहाँको घर, बाटाहरू सम्पदामैत्री हुनुपर्छ । यसले हाम्रो सम्पदाको महत्व दर्शाउनुका साथै पर्यटनमा टेवा पु¥याउँछ । यसका लागि हामीले बजेट पनि विनियोजन गरेका छौँ”, प्रमुख शाहले भने, ।

महानगर उपप्रमुख सुनिता डङ्गोलले भवन अभावमा सेवा प्रवाहमा भइरहेको कठिनाइ हटेको बताईन् । उनले भनिन्, “आज जसरी हर्षोल्लासका साथ नयाँ भवनको उद्घाटन भएको छ, त्यसरी नै यो भवनबाट निस्किदा सेवाग्राहीको मुहारमा उज्यालो देखियोस् । यति भएपछि मात्र यो भवनले पूर्णता पाउँछ । त्यसैले सेवाग्राहीको समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुहोला ।”

ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्व बोकेको वडा रहेको भन्दै यसलाई अझैँ आकर्षक बनाउन आग्रह गर्दै उहाँले देखिएको समस्या र रोकिएको विकास निर्माणका कार्य छिट्टै पुनःनिर्माण हुने बताईन् ।

Logo