कक्षा १२ को परीक्षाफल आजै सार्वजनिक गर्ने तयारी

कक्षा १२ को परीक्षाफल आजै सार्वजनिक गर्ने तयारी

काठमाडौं एक्सप्रेस

काठमाडौं, – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आजै सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्ड बैठक अहिले जारी छ । केही प्राविधिक समस्या नआए आजै नतिजा आउने बोर्डले जनाएको छ ।

प्राविधिक समस्या वा भइपरी आएमा आइतबार भित्र नतिजा सार्वजनिक हुने बुझिएको छ ।

वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए ।

त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन् ।

Logo