गोदावरी खोलाको बढी महालक्ष्मीको बस्तीमा, प्रभावित क्षेत्रमा पुगे मेयर र उपमेयर

गोदावरी खोलाको बढी महालक्ष्मीको बस्तीमा, प्रभावित क्षेत्रमा पुगे मेयर र उपमेयर

काठमाडौं एक्सप्रेस

ललितपुर – रातभर परेको वर्षाले ललितपुरको महालक्ष्मी नगरपालिकाका भिविन्न क्षेत्रहरु डुवानमा परेका छन् । गोदावरी खोलामा आएको बढीका कारण केहिँ घरहरु डुवानमा परेका छन् भने सडक र बाटोहरु अवरुद्ध भएका छन् ।

नगर प्रमुख हरिगोविन्द श्रेष्ठ बिहानै बाढी प्रभावित क्षेत्र पुगेका छन् । साथमा नगर उप–प्रमुख लक्ष्मी महर्जन पनि सो क्षेत्र पुगेकी छन् ।

नगर प्रमुख श्रेष्ठका अनुसार बाढीका कारण मानवीय क्षेती भने नभएको बाताए । धेरै संख्यामा घरहरु डुवानमा परेका छन्, उनले भने, उद्धारका लागि नगर प्रहरीहरु खटिएका छन् ।

बाढीले सबै भन्दा बढी वडा नं ९ मा क्षेती पु-याएको छ । त्यस्तै बाढीले डनबक्स स्कुल पनि डुवानमा परेको छ ।

नगर प्रमुख श्रेष्ठले कर्मनाशा खालामा आएको बाढीले इमाडोलको किस्ट अस्पताल आसपास, ढिकुच्चा खोलामा आएको बाढीले पवन प्रकृति स्कुल आसपासको क्षेत्र र वडा नं ७ चाँगाथलीमा गोदाबरीको बाढी बस्तीमा पसेको जानकारी दिए ।

त्यस्तै वर्षाले महालक्ष्मी – १० को ढुङ्गिन लाकुरी मानेदोभान सडक अवरुद्ध भएको छ । ठाउँठाउँमा पहिरो खसेपछि सो क्षेत्र आवरुद्ध भएको वडा अध्यक्ष विजय लामाले जनाकारी दिए । उनले वर्षा रोकिनासाथ अवरुद्ध सडक खुलाउने बताएका छन् ।

Logo