टीआरसी समितिबाट सर्वसम्मत पास

टीआरसी समितिबाट सर्वसम्मत पास

काठमाडौं एक्सप्रेस

काठमाडौं- प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गरेको छ ।

समितिको बुधबार बसेको बैठकले विधेयक सर्वसम्मत पास गर्ने निर्णय गरेको हो । प्रस्तावमाथि छलफपछि सभापति विमला सुवेदीले विधेयक सर्वसम्मत पास भएको घोषणा गरिन् ।

तीन दलीय कार्यदलले जुटाएको सहमतिअनुसार कानून समितिले प्रस्ताव पेश गरेको थियो ।

Logo