काठमाडौं, – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अस्वाभाविक लान्जना लगाएको भन्दै माओवादी केन्द्रले विरोध गरेको छ ।
माओवादी स्थायी समितिको बैठकले सुशासनको अभियानमा अवरोध नगर्न समेत सरकारलाई आग्रह गरेको छ ।
‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई अस्वभाविक र अप्राकृतिक ढंले लान्छना लगाउने काम भएको छ’ प्रवक्ता अग्नि सापकोटाले भने, ‘भ्रष्टाचारविरोधी र सुशासनको पक्षमा जुन अभियान छ, यसमा सरकारले अवरोध नगरोस् ।’
बैठकले सिमलताल बस दुर्घटनामा मृत्यु भएकाहरुको परिवारलाई उचित क्षतिपूर्ति दिन समेत माग गरेको छ ।
प्रतिक्रिया