काठमाडौं, – ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नाफा ४६ प्रतिशत बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा १४ करोड १६ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको यस्तो नाफा ९ करोड ६५ लाख रुपैयाँ थियो ।
कम्पनीको खुद ब्याज आम्दानी बढ्दा नाफामा उल्लेख्य योगदान पुगेको छ । कम्पनीको खुद ब्याज आम्दानी पहिले ४६ करोड ६२ लाख रहेकोमा गत आर्थिक वर्षमा ६३ करोड ३४ लाख रुपैयाँ छ ।
कम्पनीले लोन लस प्रोभिजनवापत १७ करोड ४४ लाख रुपैयाँ छुट्याएको छ । नाफा बढेसँगै वार्षिक प्रतिसेयर आम्दानी पनि बढेको छ । यस्तो आम्दानी पहिले १५ रुपैयाँ ५९ पैसा रहेकोमा अहिले २२ रुपैयाँ ८९ पैसा पुगेको छ ।
असार मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा ६ करोड ४७ लाखा रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ २४ पैसा छ । कम्पनीले नउठेको साँवा तथा ब्याज अशुलमा प्रगति गरेको छ । कुल कर्जामा निष्क्रिय कर्जा अंश गत असार मसान्तसम्म ३.९० प्रतिशत छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो कर्जा ४.३० प्रतिशत थियो ।
प्रतिक्रिया