हिमालयन बैंकको दुई वटा शाखा स्थानान्तरण, आजदेखि नयाँ स्थानबाट सेवा

हिमालयन बैंकको दुई वटा शाखा स्थानान्तरण, आजदेखि नयाँ स्थानबाट सेवा

काठमाडौं एक्सप्रेस

काठमाडौं, – हिमालयन बैंकले दुई वटा शाखा स्थानान्तरण गरेको छ । सिभिल बैंकसँग मर्ज गरेपछि नजिक भएका शाखा सञ्जालहरुमध्ये ललितपुर जिल्ला, बाग्मती प्रदेश स्थित जाउलाखेल शाखा र धनुषा जिल्ला, मधेश प्रदेश, भानु चोकस्थित जनकपुर शाखा – २ लाई स्थानान्तरण गरी आजदेखि नयाँ स्थानबाट सेवा शुभारम्भ गरेको हो ।

बैंकले ललितपुर जिल्ला, बाग्मती प्रदेश स्थित जावलाखेल शाखालाई साविक स्थानबाट ललितपुर महानगरपालिका, वडा नं २७, सुनाकोठीमा स्थानान्तरण गरेको छ भने मधेश प्रदेश, भानु चोक स्थित जनकपुर शाखा – २ लाई जनकपुरधाम, धनुषा जिल्ला पिडारी चोकमा स्थानान्तरण गरी सुनाकोठी शाखा र पिडारी चोक शाखाको नामबाट सम्पूर्ण बंैकिङ्क सेवा प्रदान गरी संचालनमा ल्याएको छ ।

बैंकको सुनाकोठी शाखाको शुभारम्भ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडाले र पिडारी चोक शाखाको शुभारम्भ बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीले बंैकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका थिए ।

हाल बैंकले नेपालभर १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५ सयभन्दा बढी पीओएस टर्मिनल्स् र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा जनाइएको छ ।

Logo