गृहमन्त्रीलाई गगन थापाको आग्रह : रास्वपाका सभापति लामिछाने संलग्न सहकारी ठगीको फाइल खोल्नुहोस

गृहमन्त्रीलाई गगन थापाको आग्रह : रास्वपाका सभापति लामिछाने संलग्न सहकारी ठगीको फाइल खोल्नुहोस

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रमेश लेखकलाई रास्वपा सभापति रवि लामिछाने संलग्न सहकारी ठगीको फाइल खोल्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै जो जतिसुुकै शक्तिशाली भएपनि सहकारी ठगलाई छानविन गर्नेपर्ने बताए ।

अहिलेको गृहमन्त्रीले रवि लामिछानेको नाम नै किटेर एक करोड जम्मा गरेको देखिएको बताएको स्मरण गरे ।

उनले भने, ‘माघ २२ गते पीडितहरुले जाहेरी दिन गए । प्रहरीले लियो पनि । पुरानै जाहेरी भएकाले पूरक भनिदियो । पछि गृहमन्त्री भएपछि जाहेरिनै होइन भन्नुभयो । त्यसकारण रमेश लेखकले यो प्रमाण हो भन्नुभएको थियो । अहिले उहाँ सरकारतिर पुग्नुभएको छ । सरकार फेरियो कुरा फेरिन्छ? फेरिन्न । यो सदनमा हामी पनि छौं ।’

उनले गिरीबन्धु टिस्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, विद्युतको महसुलको बिषयमा पनि सरकारले स्पष्ट पार्नुपर्ने बताए । उनले सबै प्रकरणमा छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

Logo