बाजुरा– बाजुरामा नेपाल निर्माण उद्योग परिषद्को जिल्ला कमिटि सचिवमा जय बहादुर विक निर्वाचित भएका छन् ।
नेकपा एमाले निकट उद्योगी र ब्यबासायीहरुको छाता संगठन नेपाल निर्माण उध्योग परिषद् बाजुरा जिल्ला कमिटि गठन गरिएको छ । उद्योगी र निर्माण ब्यवासायीहरुको हक हितका लागि सो कमिटि गठन गरिएको हो ।
जिल्ला कमिटिको सचिवमा विक र अध्यक्षमा रम बहादुर शाहीसहित १३ सदस्यि समिति गठन गरिएको छ ।
त्यस्तै उपाअध्यक्षमा कल्पना महत, सहसचिवमा सुरेश बोहरा, कोषाअध्यक्ष प्रकाश थापा निवाचित भएको स्रोतले जनाएको छ ।
त्यसै गरि सो कमिटिले २ जना प्रतिनिधी परिषद सदस्य समेत निर्वाचित गरेको छ । जसमा पदम बहादुर साउँद र गोपाल खड्कालाई मनोनयन गरेको छ ।
निर्माण ब्यवासायी संघ बाजुराका अध्यक्ष बिनोद शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटि सचिव काशी विक रहेका थिए । कार्यक्रमको बिषिष्ठ अतिथि नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहेका थिए ।
प्रतिक्रिया