प्रभु बैंक र बुद्व एयरबीच सम्झौता, कर्मचारी तथा ग्राहकवर्गहरुलाई ८ प्रतिशत छुट दिने

प्रभु बैंक र बुद्व एयरबीच सम्झौता, कर्मचारी तथा ग्राहकवर्गहरुलाई ८ प्रतिशत छुट दिने

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बुद्व एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्व एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्वव लाल कायस्थले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा बुद्व एयरको उपलब्ध सेवामा ८% छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बुद्व एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको छ । मिति २०५३ साल बैशाख ११ गते स्विकृति प्राप्त गरी २०५४ आश्विन २५ गते बाट उडान सुरु गरेको बुद्व एयरले हाल आएर आन्तरिक उडानको साथ साथै भारतको बनारस सम्म पनि आफ्नो सेवा विस्तार गरेको छ ।

Logo