काठमाडौं, – काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित बागमती खोलामा शनिबार फोटो खिच्ने क्रममा खसेर एक बंगलादेशका नागरिक बेपत्ता भएका छन् । उनको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली आजबाट खटिएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बेपत्ता बंगलादेशका नागरिकको खोजीका लागि सशस्त्र प्रहरीको नं.२० विपद् उद्धार गणबाट ४ जना गोताखोरसहित १० जनाको टोली खटिएको छ ।
त्यस्तै शनिबार साँझ करिब ७ बजे भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ६ र ७ मा पर्ने रानी झुल्ला जंगलमा घुम्न गएकाबेला हराएका ४ जना भारतीय र १ जना नेपाली नागरिक फेला परिसकेको थापाले जानकारी दिए ।
उनका अनुसार सशस्त्र प्रहरीको नं. २२ गुह्वेश्वरी गणबाट खटिएको टोलीले उनीहरूलाई राति पौने १ बजेको समयमा फेला पारेर खरिपाटी प्रहरी वृत्तमा बुझाएको छ ।
प्रतिक्रिया