काठमाडौं, – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अब सुदूरपश्चिम प्रदेशको धनगढीमा आफ्नै भवनबाट कार्यालय सञ्चालन गरेको छ । यो सँगै बैंकले सातै वटै प्रदेशमा आफ्नै भवनबाट सेवा दिने योजनालाई साकार पारेको छ ।
यसअघिनै बैंकले कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगंज एवं जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, नेपालगंज र कर्णाली प्रदेशको सुर्खेतमा आफ्नै भवनमा कार्यालयहरु सञ्चालनमा ल्याइसकेको छ ।
सुविधा सम्पन्न आधुनिक यस धनगढी उपमहानगरपालिका वडा नं.३ स्थित आफ्नै भवनबाट सुदूरपश्चिम प्रदेश कार्यालयको सबै कामकाज सुरु गरिएको छ ।
सुदूरपश्चिमको धनगढी उपमहानगर – ४ स्थितको भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आईरहेको थियो ।
प्रतिक्रिया