लालित्य सिर्जना समाज गठन

लालित्य सिर्जना समाज गठन

काठमाडौं एक्सप्रेस

ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिकामा लालित्य सिर्जना समाज सुरु भएको छ ।

२०८१ आसर २१ गते गठन भएको नगर स्तरीय लालित्य सिर्जना समाजको उदघाटन महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले गर्नुभएको छ । महालक्ष्मी भित्र रहेका सर्जक, साहित्यकार र कलाकारहरुलाई एक ठाउँमा संगठित र एकताबद्ध गर्न लालित्य सिर्जना समाज गठन गरिएको सल्लाकार तथा साहित्यकार दिव्य गिरीले जानकारी दिनुभयो ।

महालक्ष्मीमा नेपाली भाषा साहित्य, कला र संस्कृतिको सम्बर्द्धनका लागि समाज गठन भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँको भनाइ थियो, ‘महालक्ष्मी नगरपालिका भित्र धेरै साहित्यकार हुनुहुन्छ, ती सबै साहित्यकारहरुलाई लालित्य सिर्जना समाजले एक ठाउँमा ल्याउने छ । ‘ समाज गठन भएपछि नगरका सबै साहित्यकारहरुलाई एक ठाउँमा ल्याउने सहयोग पुग्ने उहाँले बताउनुभयो ।

समाजका अध्यक्ष बुद्धिमान महर्जनले नगरको कला साहित्य संस्कृतिको प्रवर्द्धनका लागि काम गर्ने जानकारी दिए ।

महर्जनको अध्यक्षतामा गठन भएको समाजको उपाध्यक्षमा पुष्पराज केसी, सचिवमा जमुना राना मगर, कोषाध्यक्षमा विनोद बञ्जारा, सदस्यहरूमा कृष्णबहादुर विष्ट, विनोद खत्री, निरा श्रेष्ठ, राजाराम राउत र एकता केसी रहनुभएको छ ।

Logo