मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी भारतको नयाँ दिल्लीमा सम्मानित भएका छन् ।
अध्यक्ष मियाँलाई शनिबार भारतमा ग्लोबल आइकोनिक पर्सानलिटी अवार्ड प्रदान गरिएको हो ।
समाज रुपान्तरण र राष्ट्रको सम्मुनतीका लागि महत्वपूर्ण योगदान गरेको भन्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
मियाँसँगै नेपाल वायु सेवा निगमका सञ्चालक समिति सदस्य किशोर प्रधानलाई पनि उक्त अवार्ड प्रदान गरिएको थियो ।
ब्रान्डमेन इन्डिया नामक संस्थाले उक्त अवार्ड नयाँ दिल्लीमा भव्य कार्यक्रमको आयोजना गरेर प्रदान गरेको थियो । उक्त संस्थाले भारतका राजनीतिकर्मी, पेशाकर्मी,व्यवसायीहरूलाई समेत सम्मान गरेको थियो ।
प्रतिक्रिया