बाजुरा, – दलित समुदायका पत्रकारहरुको छाता संगठन राष्ट्रिय दलित पत्रकार संघ,नेपाल जिल्ला शाखा बाजुराको दोस्रो अधिवेशन सम्पन्न भएको छा । आईतबार बडिमालिका नगरपालिकाको सभाहलमा अध्यक्ष मदन वि क को अध्यक्षतामा सो कार्याक्रम संचालन गरिएको थियो ।
संघको जिल्ला शाखाका लागि नयाँ नेतृत्व चयन गरिएसँगै दोस्रो अधिवेशन सम्पन्न गरिएको हो । दलितका हक अधिकार स्थापित गर्नका लागि ०७६ सालमा बाजुरा शाखा विस्तार गरिएको थियो ।
संघ बाजुरा शाखाको अध्यक्षमा धनरुप कामी रहने गरि ७ सदस्यिय समिति निर्विधोध निर्वाचित भएका छन । उपअध्यक्षमा खेमराज मिजार, सचिव प्रमित विक कोषाअध्यक्ष सोधा नेपाली, सहसचिव राजेन्द्र विक रहेका छन् ।, त्यस्तै सदस्यहरुमा कमला चदारा, टेक विक सर्बसम्बत निर्वाचित भएका छन् ।
अधिवेशनबाट पाँच जना केन्द्रीय र ६ प्रदेश पार्षद् चयन गरिएको छ । केन्द्रय विधान अनुसार पाँच जना बराबर एक जना केन्द्रीय र तीन जना बराबर १ जना प्रदेश पार्षद रहने व्यवस्था छ । सोहिँ व्यवस्था अनुसार केन्द्रीय पार्षदमा पाँच जना र प्रदेश पार्षदमा ६ जना निर्विरोध चयन गरिएको निर्वाचन समितिका सदस्य प्रेमबहादुर रौलेले जानकारी दिए ।
निर्वाचन समितिले आजै पद तथा गोपनीयताको सपथ ग्रहणसंगै निवर्तमान अध्यक्ष मदन वि.क.ले पद नवनिर्वाचित अध्यक्षलाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव काशी विक प्रमुख अतिथी रहेका थिए । त्यस्तै दलित पत्रकार संघ, नेपाल केन्द्रीय सदस्य वसन्त विश्वकर्मा, बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी लगायत अधिवेशको समुद्घाटन कार्यक्रममा जिल्ला स्थित दलित पत्रकार संघमा आवद्व पत्रकारहरु सहभागी रहेका थिए ।
प्रतिक्रिया