उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई महालक्ष्मीको सम्मान

उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई महालक्ष्मीको सम्मान

काठमाडौं एक्सप्रेस

ललितपुर, – हरेक वर्ष जस्तै यस वर्षपनि महालक्ष्मी नगरपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयहरुलाई सम्मान गरेको छ । “ज्ञान, विज्ञान, सीप,उद्यम र मैलिकता” “साझेदारी र प्रणलीत सक्ष्मता” भन्ने मुल नाराका साथ राष्ट्रिय शिक्षा दिवस २०८१ को अबसरमा सो कार्यक्रम गरेको छ ।

युनाइटेड स्कुल इमाडोलमा संचालन भएको कार्यक्रमा महालक्ष्मी नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयहरु सम्मानित भएका छन् । विद्यार्थी, शिक्षक र विद्यालयहरु गरि जम्मा ८५ जनालाई नगरपालिकाले सम्मान गरेको हो ।

०८१ भदौ १२ गतेको शिक्षा मन्त्रालयको निर्णय बमोजिम महालक्ष्मी नगरपालिकाले हरेक वर्ष जस्तै यस वर्षपनि यहिँ कार्यक्रम गरेर मनाएको शिक्षा निदेशक चिरञ्जिवि पौडेलले बताए ।, गएको वर्षमा पनि यसैगरि उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयहरुलार्य सम्मान गरेको उनले स्मण गराए ।

प्रतिनिधि सभा सदस्य प्रमबहादुर महर्जन प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमको अध्यक्षता नगर प्रमुख हरिगोविन्द श्रेष्ठले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य महर्जनले विद्यार्थीहरुको सहभागिता र शिक्षाको गुणस्तरले नै भोलिको भविश्य निर्माण गर्ने बताएका छन् । आजको युग शिक्षा र रोजगार नै अत्यन्तै महत्वपूर्ण विषयहो, उनले भने, साच्चै हाम्रो मुलुकलाई विकास गर्ने तथा समृद्धि बनाउने र चेतनशिल नागरिकलाई उत्पादन गर्ने विद्यालयहरुको महत्वपूर्ण भुमिका रहन्छ ।

कार्यक्रमा प्रमुख अतिथिसमेत रहेका सांसद महर्जनले शिक्षा क्षेत्रको गुणस्तर वृद्धि गर्न संघीय सरकारले पनि महत्वूर्ण रुपमा लागिरहेको बताए । उनले, आजको युगसँग सुहाँउदो, मिल्दोजुल्दो तरिकाले जसरी अगाडी बड्नुपर्नेहो त्यसरीनै शिक्षाको गुणस्तर तर्फ संघीय सरकारले महत्वपुर्ण भुमिका खेलेको बताए ।,

कार्यक्रममा नगर प्रमुख हरिगोविन्द श्रेष्ठले महालक्ष्मी नगरपालिका लाई शिक्षाको हब बनाउन सबैले महत्वपूर्ण भुमिका रहने बताएका छन् । उनले महालक्ष्मी शिक्षा हब बनाउन नगरपालिका छलफलमा जुटेको बताए ।

सामुदयीक र संस्थागत विद्यालयहरुलाई एकरुपता एकै ठउमा कसरी लैजाने भन्ने विषयमा नगरपालिकाले छलफल अगाडी बढिरहेको पनि नगरप्रमुख श्रेष्ठले बताए । संस्थागत र सामुदायीक विद्यालयहरुको शिक्षाको गुणस्तर वृद्धि गर्न नगरपालिका सक्रियरुपमा लागिपर्ने उनको भनाई छ ,।

त्यस्तै कार्यक्रमलाई समापन गर्दै वडा नम्बर सातका वडाअध्यक्ष बाबुराजा महर्जनले शिक्षा क्षेत्रमा महालक्ष्मी नगरपालिकाले सधै लागिपरेको बताए ।,

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रदप पौडेल, सबै वडाका वडा अध्यक्ष, कार्यापालिकाका सदस्य, जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, विव्यस अध्यक्ष, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Logo