ललितपुर, – ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको नवकुञ्ज अंग्रेजी माध्यमिक विद्यालयले इन्द्रजात्रा विशेष कार्यक्रम गरि मनाएको छ । हरेक वर्ष उपत्यकामा इन्द्रजात्रा मनाउने परमपरा छ । सो अवसरमा महालक्ष्मी–६ सिद्धिपुरमा रहेको नवकुञ्ज अंग्रेजी माध्यमिक विद्यालयले पनि मंगलबार विद्यालयमै इन्द्रजात्रा भव्यताका साथ मनाएको हो ।
नवकुंज माध्यमिक विद्यालयका प्रधानाध्यपक प्रेरणा खरेलका अनुसार इन्द्रजात्राको अवसरमा विद्यार्थी आफै लाखे, कुमारी, गणेश आदि बनेर विद्यालयको परिसरमा परिक्रमा गरेका थिए । साना नानीहरुलाई कुमारी झैँ शृंगार गरिएको थियो भने उनीहरुले समयबजी पनि खाएको उनले बताईन ।
आज उपत्यका भित्र सरकारले सार्वजनिक विदा दिएको छ । उक्त विदाको दिनमा पनि विद्यार्थीलाई विद्यालयमै बोलाएर इन्द्रजात्राको महत्व दर्शाउने प्रयास गरिएको प्रिन्सिपल खरेलको भनाई छ ।
हाम्रो परमपरा, कला र संस्कृति लोपोन्मुख भैरहेको अवस्था छ, उनले भनिन्, छुट्टी दिदा विद्यार्थीको सिकाई नहुने र उनीहरुको फाल्टु कुरामा समय जानेभएकाले इन्द्रजात्रा स्कूलमै मनाएका हौ, ।
लाखेको नृत्य हेर्दा विद्यार्थी धेरै खुशी भएसँगै यस जात्राको महत्वलाई उनीहरुले आत्मासाथ गरेको प्रिन्सिपल खरेलको भनाई छ । यसरी विद्यालयहरुले सांस्कृतिक पर्वहरुलाई उतिकै महत्व दिने हो भने हाम्रो कला र संकृतिकको महोत्व बढ्दै जाने उनको तर्कछ ।
प्रतिक्रिया