नागढुङ्गादेखि सुरुङ मार्गसम्म दर्जन बढी ठाउँमा पहिरो

नागढुङ्गादेखि सुरुङ मार्गसम्म दर्जन बढी ठाउँमा पहिरो

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नौबिसे–नागढुंगा सडक खण्डमा नागढुङ्गादेखि सुरुङ मार्गसम्म दर्जन बढी ठाउँमा पहिरो गएका छन् ।

पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ । झ्याप्ले खोलामा पहिरोले बस पुरिए पनि यात्रु सकुशल रहेका छन् । पहिरोमा परी ना३ख ७८५ नम्बरको ट्रकमा क्षति भएको छ ।

प्रहरीले पानी रोकिएपछि पहिरो हटाउन सुरु गरिने जनाएको छ ।

Logo