ललितपुर, – मुस्लिम आयोगले हिन्दूहरूको महान पर्व दशैं, तिहार र छटको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । आईतबार आयोगको कार्यालय जावलाखेलमा नेपालमा धर्म र संस्कृतिबीचको सहिष्णुता र मेलमिलापको एउटा अद्वितीय उदाहरण प्रस्तुत गर्दै सो कार्याक्रम आयोजना गरेको हो ।
हरेक वर्ष जस्तै यस वर्ष पनि मुस्लिम आयोगले दशैं पर्वको अवसरमा हिन्दू समुदायलाई शुभकामना कार्यक्रम आयोजना गरेको अध्यक्ष समिम मियाँ अन्सारीले बताए । जसले सांस्कृतिक विविधता र आपसी सम्मानको सन्देशलाई अझ सशक्त बनाएको उनले बताए । नेपालको संविधानले मुलुकलाई धर्मनिरपेक्ष राष्ट्रको रूपमा परिभाषित गरेको छ,उनले भने, जहाँ सबै धर्महरू समान सम्मान र अधिकारका साथ पालन गर्न सकिन्छ ।
यसको जीवन्त उदाहरण मुस्लिम समुदायले दशैंजस्ता हिन्दू चाडहरूको सम्मान गर्दै शुभकामना आदानप्रदान गर्ने परम्परामा देख्न सकिन्छ । यसले दुई धार्मिक समुदायबीचको गहिरो आपसी समझदारी र सम्बन्धलाई बलियो बनाउँन सक्ने अध्यक्ष मीयाँले बताए ।
प्रतिक्रिया