काठमाडौं- मुस्लिम आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई वार्षिक प्रतिवेदन बुझाएको छ ।
राष्ट्रपति भवनमा आयोजित समारोहमा आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
सोमबार नै थारू आयोग अध्यक्ष विष्णुप्रसाद चौधरीले राष्ट्रपतिले आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेका थिए ।
प्रतिक्रिया