विपक्षी दलको बैठकमा सत्तापक्षकै नेता सहभागी

विपक्षी दलको बैठकमा सत्तापक्षकै नेता सहभागी

काठमाडौं एक्सप्रेस

काठमाडौं- विपक्षी दलका नेताहरुको बैठक संसद भवनमा सुरु भएको छ ।

संसद भवनस्थित विपक्षी दलका नेताको कार्यकक्षमा सुरु भएको बैठकमा सत्तापक्षकै नेता समेत सहभागी छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आह्वान गरेको बैठकमा केपी ओली सरकारमा सहभागी लोसपा अध्यक्ष महन्थ ठाकुर सहभागी छन् । लोसपाका नेता शरतसिंह भण्डारी ओली सरकारमा श्रममन्त्री छन् ।

बैठकमा दाहालसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, रास्वपा सभापति रवि लामिछानेसहित सो पार्टीका आधा दर्जन नेताहरु बैठकमा छन् ।

बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, आम जनता पार्टीका अध्यक्ष प्रभू साह समेत सहभागी छन् ।

Logo