सदर चिडियाखानाको व्यवस्थापन प्रकृति संरक्षण कोषलाई दिने सरकारको निर्णय

सदर चिडियाखानाको व्यवस्थापन प्रकृति संरक्षण कोषलाई दिने सरकारको निर्णय

काठमाडौं एक्सप्रेस

सरकारले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको वन तथा वातावरण मन्त्रीका सचिवालय सदस्य राजेन्द्र शाहीले जानकारी दिए ।

कोषलाई यसअघि पनि सरकारले २०५२ सालमा ३० वर्षका लागि चिडियाखाना व्यवस्थापनको जिम्मेवारी दिएको छ । अवधिक सकिन लागेपछि सरकारले कोषलाई नै चिडियाखाना व्यवस्थापन गर्न दिने निर्णयलाई निरन्तरता दिएको शाहीले बताए ।

सदर चिडियाखानालाई सन् १९३२ मा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमसेर जबराले स्थापना गरेका थिए । प्रजातन्त्र पछि चिडियाखाना यसअघ सरकारले नै गर्दै आएपनि व्यवस्थापन निराशजनक भएपछि कोषलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

सदर चिडियाखानाको कार्यालय

वन तथा वातावरण मन्त्रालय मातहत रहेको चिडियाखाना कोषले व्यवस्थापन गर्नुअघि निकै नै भद्रगोल अवस्थामा थियो । सानो क्षेत्रफलमा फैलिएको सदरचिडियाखानामा कोषले व्यवस्थित रूपमा १ हजारभन्दा बढि वन्यजन्तुको व्यवस्थापन गर्दै आएको छ ।

भक्तपुरमा रहेको राष्ट्रिय प्राणी उद्यान हाल सरकारले व्यवस्थापन गर्छ तर व्यस्थित रूपमा सञ्चालन गर्न सकिरहेको छैन । उक्त प्राणी उद्यान कोष मार्फत नै सञ्चालन गरिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।

अमेरिका बेलयात जस्ता मुलुकहरूमा पनि चिडियाखानाको व्यवस्थापन सरकारले ट्रस्टलाई दिने गरेको पाइन्छ ।

Logo