जलवायु परिवर्तनले कर्णालीलाई पारेको प्रभाव कोपमा उठाउँछौँ : वन मन्त्री शाही

जलवायु परिवर्तनले कर्णालीलाई पारेको प्रभाव कोपमा उठाउँछौँ : वन मन्त्री शाही

काठमाडौं एक्सप्रेस

सरकारले कोप २९ मा कर्णालीको विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ । आगामी नोभेम्बर १० देखि २२ सम्मको अजरबैजानको बाकु सहरमा हुन लागेको संयुक्त राष्ट्र संघको २९औँ जलवायु सम्मेलन (कोप-२९) हुँदै छ ।
सोही अवसरलाई मध्यनजर गर्दै मुगुको रारामा आयोजित कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले कर्णालीको मुद्दा उठाउने उद्घोष गरेका हुन् ।

वन तथा वातावरण मन्त्रालय र साथसाथै फाउन्डेशनले राष्ट्रिय निकुञ्ज विभाग,राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका संस्थाको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले जलवायु परिवर्तनले कर्णाली प्रदेशलाई धेरै नै प्रभाव पारेको उल्लेख गर्दै उनले यो विषय कोप-२९मा उठाउने बताएका हुन् । ‘जलवायु परिवर्तनले सबै क्षेत्रलाई प्रभावित पारेको छ । कर्णाली प्रदेश पनि यसबाट अछुतो छैन,’ मन्त्री शाहीले भने ,’मैले नेतृत्व गर्ने मन्त्रालय नै यसको फोकल मन्त्रालय भएकाले कर्णालीको विषयलाई हामी प्राथमिकताका साथ उठाउँछौँ ।’

गृह जिल्ला पुगेका मन्त्री ठकुरीले रारा ताल संरक्षण र यसबाट पर्यापर्यटनलाई बढुवा दिन आफ्नो भूमिका हुने स्पष्ट पार्दै राराको समग्र विकास सबैको हातेमालो आवश्यक रहेको बताए ।

उनले जलवायु परिवर्तनको असर कृषि,सिँचाईलगायत हरेक क्षेत्रमा परेको बताए । उनले अचानक हुने वर्षा जस्ता विसम् मौसमी घट्नाले कर्णाली प्रदेशलाई ठूलो क्षति हुने गरेको बताए । उनले अचानक पर्ने भारी वर्षाका कारण हुने विपद् सम्बन्धिका घटनाले कर्णाली धेरै नै प्रभावित भएको बताए ।

सो कार्यक्रममा मुगुका धेरै जसो स्थानीय पालिकाहरूले कृषि क्षेत्रमा जलवायुको नकरात्मक असर पारेको,हिउँ कम पर्ने, बेमौसमी वर्षा तथा हिमपात हुने गरेको बताका थिए ।

कार्यक्रममा मुगु तथा जुम्लाका पालिका प्रमुख/उपप्रमुख एवं प्रतिनिधहरू, पूर्व परराष्ट्र मन्त्री विमाल राई पौडेल, वन मन्त्रीका जलवायु सल्लाहकार माधव कार्की, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत,राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार खड्का,राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव नरेश सुवेदी,रारा राष्ट्रिय निकुञ्जका निमित्त वार्डेनलगायत सरोकारवालहरूको उपस्थिती थियो ।

शनिबार र आइतबारसम्म चलेको उक्त कार्यक्रमले ५ बुँदे रारा घोषणापत्र पनि जारी गरेको छ ।

Logo