सभामुखले बोलाए संसदीय समितिका सभापति र प्रमुख सचेतक

सभामुखले बोलाए संसदीय समितिका सभापति र प्रमुख सचेतक

काठमाडौं एक्सप्रेस

काठमाडौं– सभामुख देवराज घिमिरेले आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन पहल सुरू गरेका छन् ।

दसैं बिदालगत्तै संसदीय काममा सक्रिय सभामुख घिमिरेले मंगलबार बिहान बिहान ११:३० बजे दफावार छलफलका लागि विधेयक रहेका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गर्ने तय भएको छ ।

संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई बोलाएको सभामुखको सचिवालयले जनाएको छ । अधिवेशन नभएको अवस्थामा माननीयहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्याउन समेत कठीन भएको सभापतिहरूले सभामुखसँग गुनासो गर्दै आएका छन् ।

बैठकमा उपसभामुख इन्दिरा रानासहित सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको छ ।

बैठकमा दफावार छलफलका लागि विधेयक रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी र अर्थ समितिका सभापति सन्तोष चालिसेलाई समेत बोलाइएको छ ।

Logo