कालीमाटीमा महँगियो गोलभेँडा

कालीमाटीमा महँगियो गोलभेँडा

काठमाडौं एक्सप्रेस

काठमाडौं, – कालीमाटी होलसेल तरकारी बजारमा गोलभेँडा महँगिएको छ ।

मंगलबार ठूलो गोलभेँडा प्रतिकिलो १५०, सानो लोकल गोलभेँडा १३० र टनेलको सानो गोलभेँडा १५० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा सानो लोकल गोलभेँडा ९ प्रतिशत र टनेल गोलभेँडा १७ प्रतिशतले महँगिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

त्यस्तै भन्टा १५ प्रतिशत, तिते करेला २५, घिरौंला ३६ प्रतिशतले महँगिएको छ । यस दिन भन्टा प्रतिकिलो ८०, तिते करेला ७० तथा घिरौंला अधिकतम प्रतिकिलो ८० रुपैयाँमा कारोबार भएको छ ।

लौका सस्तिएको छ । लौका प्रतिकिलो ४० रुपैयाँ छ । चिचिन्डो ४०, तने बोडी १४०, मकै बोडी ८०, घिउ सिमी ८०, राजमा १२०, टाटे सिमी ८०, परवर ८० रुपैयाँ छ । बरेला ७०, इस्कुस ३०, रायो साग ९०, चमसुर साग २५०, तोरीको साग १०० रुपैयाँ प्रतिकिलो छ ।

Logo