विच्छ्याँ सडक सञ्जालसँग जोडिदै

विच्छ्याँ सडक सञ्जालसँग जोडिदै

काठमाडौं एक्सप्रेस

बाजुरा, – बाजुराकाे भूगोलीक विकट र सडक सञ्जालबाट टाढा विच्छ्याँमा अब केहिँ महिनामै सडक सञ्जालसँग जोडिने भएको छ । लामो समयको प्रयासपछि बल्ल विच्छ्यामा सडक पुग्ने भएपछि स्थानीय खुसीले दंग छन् ।

विच्छ्या सडक सञ्जालसँग जोडिँने भएपछि खाद्यान्न र दैनिक उपभोकका सरसमान अब ढुवानी गर्न सहज हुने स्थनीएको भनाई छ । खाद्यान्न ढुवानी गर्न अहिलेसम्म भेडाबाख्रा र खच्चरकै भरपर्नुपर्ने अवस्था थियो । वर्खाको समयमा ती पनि हुँदैनन्, । वर्षातमा त झन बाटो भत्किने, खोलाहरुमा बाढी आउँनेजस्ता समस्यले स्थानीयलार्य यात्रामा सकस हुँदै आएको थियो । सडक सञ्जाल जोडिदा प्रत्येक वडाका जनताको दैनिकि नै फेरिने छ ।

बाजुुराको हिमाली गाउँपालिका र हुम्लाको ताँजाकोट गाउँपालिकाको लामो समयपछिको सहमतिले विच्छ्यामा सडक पुग्ने भएको हो । यहिँ कात्तिक नौ र १० गते दुई पालिकाबीच बसेको बैठकले ताँजाकोट –१ को पुँमपानीबाट मैतानासम्म सडक निर्माणको कार्य सुरु गर्ने निर्णयमा सहमति भएको हिमाली गाउँपाकिलाका अध्यक्ष गोविन्द्र बहादुर मल्ले जानकारी दिए ।

लामो समयको प-यासपछि विच्छ्याँलाई बल्ल सडक सजालसँग जोड्न पाउँदा खुसी लागेको अध्यक्ष मल्लले बताए । हिमाली गाउँपालिकाका सबै वडामा सडक सञ्जाले छोएपनि साविको विच्छ्याँ गाविस अर्थत वडा नं १,२ र ३ मा भने सडक पु¥याउन सकिएको थिएन, अध्यक्ष मल्ले भने, विच्छ्या भौगोलिक हिसाबले टाँढा र जिल्लाकै सबैभन्दा उच्च र दुर्गम बस्ती भएकाले पनि त्यहाँ सडक पु-याउन सकेका थिएनौँ ।

बाजुराबाटै सडक बनाउन धेरै लागत र सयम लाग्ने भएकाले छिमेमी जिल्लाको पालिकाबाट भएकापनि विच्छ्यालाई सडक सञ्जालसँग जोड्न पाउँदा खुसि लागेको मल्लको भनाई छ । मल्ने भने अब दस पन्ध दिनमै सडक निर्माणका लागि गाउँपालिकाले टेण्डर आह्वान गर्ने बताएका छ । टेण्डर पर्नासाग टेण्डरवालाले पुसको पहिलो साथा भित्र सडकका लागि काम सुरु गर्ने उनको भनाई छ ।

अध्यक्ष मल्लका अनुसार ६५ लाख सूदुरपश्चिम प्रदेश सरकारको, ३० लाख हिमाली गाउँपालिकाको र ५० लाख ताँजाकोट गाउँपालिकाको रहेको छ । आगामी वर्षमा हिमाली गाउँपालिकाले नै दुई करोड सडकका लागि बजेट छुट्याउने उनले बताए ।
तीहारपछि लगत्तै गाउँपालिकाले सर्वे गर्नेछ, उनले भने, सर्वे भएपछि सडकका लागि कति लागत लाग्छ त्यहिँ आधारमा बजेटको व्यवस्था गरिने छ । उनले फेरी थपे यहिँ औँदो बैशाख भित्र विच्छ्यासम्म गाडी पु-याउने हाम्रो बिचार छ ।

Logo