नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट)की वरिष्ठ वैज्ञानिक डा टिस्टा प्रसाईं जोशीले अन्तर्राष्ट्रिय पुरस्कार पाएकी छन् । द वर्ल्ड एकेडेमी अफ साइन्सेस(ट्वास)ले प्रदान गर्ने समिरा ओमर इनोभेसन फर सस्टेनएबिलिटी अवार्ड पाएकी हुन् । पुरस्कारको राशी ४ हजार डलर रहेको छ ।
उनलाई शुद्ध खानेपानीको क्षेत्रमा गरेको योगदानको गर्दै ट्वासले उक्त अवार्ड प्रदान गरेको जनाएको छ । पानीमा आर्सेनिक मात्रा घटाउने र यो समस्या समाधानका लागि उनले गरेको योगदानको कदर गर्दै अवार्ड दिइएको ट्वासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दक्षिण एसियाली वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई ट्वासले हरेक वर्ष विभिन्न विधामा योगदान गरेका वैज्ञानिकहरूलाई अवार्ड दिने गर्छ । ट्वासले यस वर्ष २५ वटा विधामा वैज्ञानिकहरूलाई पुरस्कृत गरेको हो ।
यस्तै त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा. विपिन दाहाललाई पनि ट्वासले अवार्ड प्रदान गरेको छ ।
कार्बन नानो मेटेरियल्समा काम गरेर ऊर्जा क्षेत्रमा योगदान गर्दै वातावरणीय मुद्दाहरूमा गरेको कामको मूल्यांकन गर्दै उनलाई ट्वास अत्तर अर रहमान अवार्ड प्रदान गरेको हो । यो अवार्डको पुरस्कार राशी ५ हजार डलर रहेको छ ।
नेपालबाट यसअघि ट्वासबाट त्रिवि रसायनशास्त्र विभागका सहप्राध्यापक डा. अच्युत अधिकारी, काठमाडौं इन्सटिच्युट अफ एप्लाइड सान्सेससका डा. वसन्त गिरीलगायत पुरस्कृत भइसकेका छन् ।
प्रतिक्रिया