‘खेलकुदले खेलाडी र राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछ’

‘खेलकुदले खेलाडी र राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछ’

काठमाडौं एक्सप्रेस

सुनसरी, – कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यहाँ सञ्चालित अखिल नेपाल फुटबल सङ्घ (एन्फा एकेडेमी) का खेलाडीलाई आज फुटबलका सामग्री वितरण गरेका छन् ।

धरान उपमहानगरपालिका–१७ स्थित प्रदेश फुटबल सङ्घद्वारा आयोजित कार्यक्रममा खेलकुद हस्तान्तरण सामग्री वितरण गर्दै मुख्यमन्त्री कार्कीले खेलकुदले खेलाडीलाई मात्र नभई समग्र राज्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने बताए ।

मुख्यमन्त्री कार्कीले भने,“फुटबलका क्षेत्रमा जुन लगानी हुनुपर्ने त्यो भएको छैन । खेल र खेलाडीमा लगानी कम हुँदाहुँदै पनि हाम्रा विभिन्न विधाका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरी मुलुकको पहिचान अन्तर्राष्ट्रिय जगतमा पु¥याइरहेका छन् ।”

कार्यक्रममा एन्फा एकेडेमी धरानका ३० जना खेलाडीलाई जर्सी, जुत्ता, ट्र्याकसुटलगायत फुटबल सामग्री वितरण गरिएको छ । कार्यक्रममा कोसी प्रदेशका सांसद रमेशकुमार बस्नेत, विजय राई, वरिष्ठ पत्रकार हर्ष सुब्बा, मजदुर सङ्गठनको केन्द्रीय अध्यक्ष भीम ज्वाला राईलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति थियो ।

Logo